FAQs Complain Problems

वडा नं. १ चराङ

यस गाउँपालिकाको केन्द्र रहेको स्थान चराङमा १ नं. वडा कार्यालय रहेको छ । हाल वडा कार्यालय भवन निर्माणाधिन रहेको र सम्पन्न पश्चात कार्यालयबाट सेवा प्रवाह सुरु हुनेछ । त्यसैले गाउँपालिका रहेको भवनबाटै वडा कार्यालयको काम हुदै आएको छ । १ न. वडामा चराङ र मराङ गरी दुई गाउँ रहेका छन् । चराङ गाउँको छेउपट्टी हुदै कालीगण्डकी कोरिडोर गएकोले यस गाउँ केही सुगम मान्न सकिन्छ भने मराङ गाउँ दक्षिण पूर्वको माथिपट्टी पर्दछ । सो गाउँमा समेत कच्ची बाटोको सुविधा रहेको छ । यस वडामा लोकल हाइड्रो मार्फत विजुली वालिएको छ जुन साँझको समयमा मात्र रहन्छ । 

वडाध्यक्ष: टै धुन्टु ठकुरी 
फोन नं. ९८५७६५०२३५
वडा सचिव : सरिता शर्मा

Ward Contact Number: 
९८५७६५०२३५