FAQs Complain Problems

समाचार

वडा नं. ५ - ताङग्या

वडा नं. ५  - ताङग्या : कालीगण्डकी नदिको पारीपट्टी रहेको सवैभन्दा दुर्गम वडा ५ नं. वडा हो । गाउँपालिकाको केन्द्र देखि दक्षिण क्षेत्रमा ध्ये खोलाको किनारमा ध्ये गाउँ रहेको छ भने दक्षिण पश्चिम क्षेत्रमा ताङ्ग्या गाउँ रहेको छ । वडाको केन्द्र ताङ्ग्या गाउँ हो जहाँ वडा कार्यालय निर्माणाधिन रहेको छ । यी दुई गाउँविचको दुरी एक दिनको पैदल यात्रा हो । प्रदेश सरकारबाट दुइ गाउँ जोड्ने सडक निर्माणाधिन छ । गाउँपालिकाको केन्द्रसम्म आउनको लागि कालीगण्डकी नदी तरेर आउनुपर्छ । ताङ्गाय गाउँमा एउटा १–३ कक्षा सम्मको आधारभूत विद्यालय छ भने एउटा सामुदायिक स्वास्थ्य इकाइ रहको छ । ध्ये गाउँमा विद्यालय तथा स्वास्थ्य इकाइ छैन । पुरानो ध्ये गाउँ जानको लागि गाउँपालिकाको केन्द्र चराङबाट एक दिनको पैदलमा पुगिने करिव ४५०० मि को उचाईमा रहेकोमा खानेपानीको हाहाकारको कारण कालिगण्डकी किनारमा वसाइसरेको पाइन्छ । त्यसैले यस गाउँका वासिन्दा पढाइ, स्वास्थ्य लगायत सुविधाको लागि चराङ आउने गर्दछन् । यी दुवै गाउँमा सञ्चार तथा विद्युत पहुँच छैन ।

वडा कार्यालय रहेको स्थान : ताङग्या

                                                                                                                          

वडाध्यक्ष :  पासाङ गुरुङ                 कार्यपालिका सदस्यः छिरिङ विटिक गुरुङ               वडा सदस्यः सम्तेन धोर्चे गुरुङ                    वडा सदस्यः सम्देन ढक्या गुरुङ

फोन नं. ९८४९०४६०४२                      फोन नं. ९८४७६८०२४९                                            फोन नं. ९८६०६४७९८३                               फोन नं. ९८४७६१६४३४

वडा सचिव : देव बहादुर  वि‍ क   

फोन नं. : ९८४७१२३७५५

Ward Contact Number: 
९८५७६५०८०५ 
//